ताप्लेजुङ प्रहरीद्धारा भन्सार छली गरी ल्याएको दुई लाख बढीको सिक्कीमे रम सहित सवारी,धनी र चालक पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ कात्तिक ६ । ताप्लेजुङ प्रहरीले भन्सार छली ल्याउँदै गरेको दुई लाख मूल्य वरावरको सिक्कीमे रम सहित गाडी,सामान धनी तथा चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख ( डिएसपी) रवि रावलका अनुसार मिनरल वाटर बोकेको सवारीको भित्र लुकाएर ल्याउँदै गरेको सिक्कीमे रक्सी पाथीभरा याङवरक गाउँपालिकाको मेवाखा भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । ५० काटन मिनरल वाटर बोकेको गाडी भित्र सातसय पचास मिलिलिटरका ६ सय बोतल सिक्किमे रक्सी(रम) थिए ।

चेकजाँचका क्रममा उक्त परिमाणको रक्सी फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले मे. १ च ४२१४ नम्बरको पिकअप गाडी र चालक सनम राई तथा धनी महेन्द्र वर्देवालाई समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने दुवैजना झापाको बुद्ध शान्ति गाउँपालिका वडा नं ३ बस्ने रहेको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts