हावाहुरीले ताप्लेजुङको फुलवारीको एक घरमा क्षति

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३० । बिहीवार राति आएको हावाहुरीले आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीस्थित रमितेका एक स्थानीयको घरमा क्षति गरेको छ ।
रमिते निवासी गंगीमाया लिम्बूको तीनतले घरको टिनको छानो उडाउँदा करिव ८० हजार रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।
तीनतले ढुङ्गा माटो काठले बनेको सो घरको बारदलीको १२ पाता र धुरीको ३ पाता टिन हावाले उडाउनुका साथै छानामा प्रयोग भएका काठहरु समेत भाँचिएको जानकारी फुलवारी प्रहरीचौकीमार्फत जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको लुङगेलीले बताउनुभयो ।
ताप्लेजुङमा दिनहुँजसो आउने गरेको हावाहुरीले क्षति बढाउँदै लगेको छ ।