अभद्र व्यवहार कसुरमा ताप्लेजुङको फुङलिङका दुई युवा पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ५ । अभद्र व्यवहार कसुरमा ताप्लेजुङ प्रहरीले सोमवार दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ४ का २१ बर्षिय प्रदीप पौडेल र फुङलिङ नगरपालिका वडा नं ८ का निश्चल गुरुङ रहेका छन् ।

उनीहरुमाथि फुङलिङस्थित न्यू कञ्चनजंघा सहकारी संस्थामा आफ्नो काम सकेर घर फर्कदै गर्नु भएका फुङलिङ नगरपालिका वडा नं ८ का सन्तोष गुरुङलाई फुङलिङस्थित उकालीपानीको एकान्तबाटोमा धारिलो हतियार प्रहार गर्ने प्रयास गरी धम्की दिएर अभद्र व्यहार गरेको अभियोग छ ।

पक्राउ परेका दुबैजनालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अभद्र व्यवहार कसुरमा अनुसन्धान गर्न अनुमति लिएको समेत प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts