पार्टी सभापतिको रिहाई सहित ७ बुँदे माग राख्दै राश्वपा ताप्लेजुङद्धारा प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको बिरोध सहित ७ बुँदे मागपत्र राखेर राश्वपाको जिल्ला सम्पर्क कार्यालय ताप्लेजुङले आइतवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला सहसंयोजक दावा शेर्पाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको राश्वपाको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्कामार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधका आधारमा पार्टीका सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै अविलम्ब रिहा गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भुटानी शरणार्थी काण्डको निश्पक्ष छानबिन गरी कारवाही गर्न,२०४६ साल पछिका सम्पूर्ण भष्ट्राचारजन्य अपराधको छुट्टै संयन्त्र खडा गरी अनुसन्धान तथा त्यसका आधारमा कारवाही गर्न माग गरिएको छ ।

यस्तै सहकारी रकम अपचलन तथा मिटरब्याजीको खोजी गरी कारवाही गर्न तथा उक्त समस्या समाधानका लागि देशभरका जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्न,ललिता निवास प्रकरणमा मुछिएका व्यवसायी मीनबहादुर गुरुङ र एमाले केन्द्रीय पार्टी कार्यालय निर्माणको बिषयमा जनतालाई प्रष्ट पार्न माग गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts