जिल्ला स्तरीय व्याडमिन्टनमा बसन्त र प्रेमराज तथा नूमा र भावनाको जोडीलाई उपाधि

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २५ । बिजया दशमी तथा शुभ दीपावलीको अवसरमा ताप्लेजुङको फुङलिङमा आयोजित जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको खुला पुरुष तर्फको उपाधि बसन्त गुरुङ र प्रेमराज लिम्बूको जोडीले जितेको छ ।

इन्द्रणी व्याडमिन्टन हलमा आयोजित प्रतियोगितामा मिलिन् गुरुङ र सरोज लिम्बूको जोडीलाई उपविजेतामा रोक्दै बसन्त र प्रेमराजको जोडी प्रथम भएको हो । प्रतियोगितामा बिजेता हुने नगद २० हजार र उपविजेता हुनेले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ । प्रतियोगितामा महिला खुला तर्फ नूमा लिम्बू र भावना केदेमको जोडी विजेता बन्दा सरुना गुरुङ र मनिता गुरुङको जोडीले उपविजेता बन्यो ।

उहाँहरूले क्रमशः नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । जुनियर डबल्समा मिसेकहाङ चोङ्वाङ र डेबिट गुरुङको जोडी विजेता र प्रकाश लिम्बू र रविन सुनुवारको जोडी उपविजेता बन्यो । बिजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा महिलातर्फ निरुसा लिम्बू उत्कृष्ट महिला खेलाडी र लिना गुरुङ उदयमान खेलाडीका रुपमा छनौट हुँदै जनही नगद १ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत हुनुभयो ।

यस्तै पुरुषतर्फ सविन गुरुङ उत्कृष्ट खेलाडी तथा करन लिम्बू उदयमान खेलाडी घोषित हुँदै जनही नगद दुईहजार रुपैयाँ पुरस्कार पाउन सफल हुनुभयो । शिव आइरन प्रालि झापा मुख्य प्रायोजक तथा पाथीभरा हार्डवेयर फुङलिङका प्रोपाइटर कृष्ण गुरुङ र फुङ्लिङ नगरपालिका वडा नं नं ६ ले प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको ताप्लेजुङजिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघकले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts