ताप्लेजुङमा अवस्थित जन्नु हिमाल आरोहणका क्रममा एक अमेरिकी नागरिक बेपत्ता

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित ७ हजार ७१० मिटर उचाईको जन्नु हिमाल आरोहणका क्रममा एक अमेरिकी नागरिक बेपत्ता हुनु भएको छ । हिमाल आरोहणका क्रममा हावाको बेगले हानी अमेरिकी नागरिक मिचेल गार्डनर बेपत्ता भएको र अझै सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राण्ड हिमालय टे«क्स एण्ड एक्सपीडिसन प्रालिमार्फत उहाँ जन्नु हिमाल आरोहणका लागि जानु भएको थियो ।

प्रहरीका अनुसार उहाँको पासपोर्ट नम्बर ६६४५५६६५१ नम्बर रहेको छ । उहाँ असोज २० गते घुन्सास्थित शेर्पा गेष्ट हाउसमा बास बसी २१ गते हिमाल आरोहणका जानु भएको थियो । हिमाल आरोहणका लागि गएकै दिनबाट उहाँ बेपत्ता हुनुभएको र खोजीका क्रममा समेत अहिलेसम्म पत्तो नलागेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

फोटो, ग्राण्ड हिमालय टे«क्स एण्ड एक्सपीडिसन प्रालिको फेसबुकपेजबाट । 

अरुलाई पनि शेयर गरौ !

Similar Posts