हेंवाखोलामा अस्थायी डाइभर्सनका लागि उपलब्ध ह्युमपाइपले पुगेन,थप ह्युम पाइप मगाइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २० । हेंवाखोलामा अस्थायी डाइभर्सनका लागि ह्युमपाइप अपुग भएपछि डाइभर्सन सम्पन्न हुन समय लाग्ने भएको छ ।

१६ वटा ह्युमपाइले नपुग्ने भएपछि थप ह्युमपाइप मोरङको गछियाबाट हेंवाखोलाका लागि हिडाइएको सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर सरोज सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ह्युमपाइप सोमवार बिहान सम्ममा हेंवाखोलामा ल्याइ पु¥याउने योजना रहेको छ ।

यसअघि सोमवार अपरान्ह देखि अस्थायी डाइभर्सनमार्फत हेंवाखोलामा साना सवारीको एकतर्फी आवागमन सुरु हुने बताइदैं आएको थियो । शनिवार बिहानबाट सुरु भएको अस्थायी डाइभर्सन निर्माणको काम ह्युमपाइपको अभावले थप अघि बढ्न समस्या भएको हो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts