ताप्लेजुङको तेल्लोकमा मंसिर २३ बाट‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकपको चौथो संस्करण हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा आउँदो मंसिर २३ गते देखि ‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकपको चौथो संस्करण हुने भएको छ ।

मंसिर २३ गते देखि २९ गते सम्म हुने सिरिजङ्गा गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सहित ८ वटा टीमको सहभागिता रहने तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । तेल्लोक स्पोर्टिङ क्लवको अगुवाईमा भएको भेलाले सांस्कृतिक सहित विभिन्न कार्यक्रम साथ ‘सिरिजङ्गा मेला’ र सिरिजङ्गा गोल्डकप एकसाथ सम्पन्न गर्ने निर्णय लिएको भट्टराईले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको उहाँले बताउनुभयो ।

किराँत लिम्बू लिपिका प्रचारक,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्मजयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकप हुन लागेको हो । सिरिजङ्गासिंह थेबेलाई जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । मंसिर २९ गते सिरिजङ्गासिंह थेबेको जन्म जयन्ती हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts