एमालेको मेरिङदेन गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा केदेम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १७ । नेकपा एमालेको मेरिङदेन गाउँपालिका कमिटी अध्यक्षमा आसलाल केदेम(आशिष) चयन हुनु भएको छ ।

दोस्रो गाउँपालिका अधिबेशनले केदेम अध्यक्ष रहेको कमिटी गठन गरेको एमाले ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा मनोजकुमार तुम्बाहाम्फे,सचिवमा भरत न्यौपाने र उपसचिवद्धयमा आयुष केदेम र लिलामायाँ शेर्पा रहनु भएको छ ।

एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो,एमाले जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमू(दीपेन),सचिव चाम्लिङ,उपसचिव भीमादेवी ओझा र गोपाल न्यौपाने सहितका नेताहरुको उपस्थितिमा गाउँपालिका कमिटीको अधिबेशन सम्पन्न गरिएको सो पार्टीले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts