तत्काल खाद्यान्न सहितका उपभोग्य सामग्री अभाव नहुने,कृत्तिम अभाव र कालाबजारी बिरुद्ध निगारानी सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङ उद्योग वाणिज्य संघले ताप्लेजुङमा दैनिक उपभोग्य बस्तु खाद्यान्न लगायत खाना पकाउने ग्याँसको पर्याप्त उपलब्धता भएको जनाउँदै आवश्यकता भन्दा बढी मौज्दात नगर्न र बजारमा कृत्तिम अभाव बढाउने कार्य नगर्न सचेत गराएको छ ।

व्यवसायीलाई कृत्तिम अभाव सृजना नगर्न तथा उपभोक्तालाई आवश्यकतथा भन्दा बढी मौज्दात नगर्न आग्रह गरिएको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले आफुहरुले कृत्तिम अभाव र कालाबजारी हुनसक्ने आशंकामा सुक्ष्म निगारानी बढाएको भन्दै त्यस्तो भएको पाइएको कानुन अनुसार गरिने बताउनुभयो । लिम्बूले भन्नुभयो ‘ताप्लेजुङमा खाद्यान्न,खाना पकाउने ग्याँस सहितका सामग्री तत्काललाई अभाव नहुने गरी उपलब्ध छ,उपभोक्ताले तत्कालै आत्तिनुपर्ने अवस्था छैन’ । उहाँले हेंवाखोला तरिसकेका गाडीमार्फत पनि सामान आएको र अब मौसम खुल्ने भएकोले डाइभर्सन समेत बनाएर गाडी वारपार गर्नसक्ने सम्भावना औंल्याउँदै ताप्लेजुङमा तत्कालै कुनैपनि किसिमको खाद्यान्न सहितका सामग्रीको अभाव नहुने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले हेंवाखोलाको बेलिब्रिज बगाए लगत्तै ताप्लेजुङमा उपभोक्ताले आफुलाई चाहिने सामग्री खरिदलाई बढी महत्व दिएको बताउँदै आवश्यकता भन्दा बढी मौज्दाद गर्नेगरी खरिद नगर्न आग्रह गर्नु भएको छ । उहाँले यसकै आडमा हुने कालाबजारी हुने तथा कृत्तिम अभाव सृजना गर्नेतर्फ लागेको पाइए कडा कारवाही गर्ने योजनामा प्रशासन रहेको जनाउनुभयो । कालाबजारी नियन्त्रण,अनावश्यक मूल्यबृद्धि नियन्त्रण र कृत्तिम अभाव रोक्न प्रशासन कार्यालयले निरागानी समूह बनाई सोहि अनुसार सुक्ष्म र सघन अनुगमनलाई तीव्र बनाउने प्रशासन कार्यालयको योजना रहेको छ ।

आवश्यकता भन्दा बढी मौज्दात गर्ने उपभोक्ता माथि समेत प्रशासन कार्यालयले निगारानी बढाएको जनाएको छ । ताप्लेजुङ–पाँचथर जोड्ने मेची राजमार्ग अन्र्तगत हेंवाखोला माथि बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङका उपभोक्ताको शनिवारबाटै पसलहरुमा बिक्रीका लागि लाममा देखिएका छन् । फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयसंग मिलेर बजारमा नियमित अनुगमन गर्ने प्रशासनको तयारी छ ।
फुङलिङमा लामो समय सम्म पेट्रोलियम पदार्थ नआउने आशंकामा शनिवार डिजेल तथा पेट्रोल थाप्न लाइनमा बसेका सवारी साधन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts