ताप्लेजुङबाट एसईईको पूरक ग्रेडबृद्धि परीक्षामा ३६ प्रतिशत हाराहारी बिद्यार्थी उर्तीण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ९ । माध्यमिक शिक्षा परीक्षा(एसईई) को पूरक परीक्षामा ताप्लेजुङबाट ३६ प्रतिशत हाराहारी बिद्यार्थी उर्तीण भएका छन् ।

कूल १ हजार ३ सय ५ जनाले परीक्षा लेखेकोमा ४ सय ८७ जना उर्तीण भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । उर्तीण भएका मध्ये ४ सय ६२ जना साधारणतर्फका र २५ जना प्राविधिक धारतर्फका रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार दुवैतर्फका गरी १ हजार ५ सय १८ जना नन्ग्रेडमा परेका थिए । ताप्लेजुङबाट साधारणतर्फका १ हजार ६ सय ९६ र प्राविधिकधारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय २२ जनाले एसईई परीक्षा लेखेकोमा ३ सय ४ जनाले बिभिन्न ग्रेड प्राप्त गरेका थिए । बाँकी नन्ग्रेडमा रहेका थिए । ६ वटा परीक्षा केन्द्रमार्फत एसईइको पूरक ग्रेडवृद्धि परीक्षा भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts