पहिरो सहित ढुङ्गाले लागेर घाइते ताप्लेजुङको फक्ताङ्लुङकी एक महिलाको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित फेसेवा जंगल नजिक फक्ताङलुङ गाउँपालिकातर्फ जाँदै गरेको पिकअप भ्यानमा माथिबाट झरेको पहिरो सहितको ढुङ्गाले लाग्दा गम्भिर घाईते भएकी महिलाको मृत्यु भएको छ ।
गम्भिर घाइते लिङखिम तावाकी अन्दाजी २६ बर्षिय निर्मला गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइ पु¥याउनाथ चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो
। घाइते उहाँलाई गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ ल्याइएको थियो । प्रहरी निरीक्षक बस्नेतका अनुसार मे १ ज १३६२ नम्बरको पिकअप भ्यानलाई बाटो माथिबाट आएको पहिरो सहितको ढुङगाले लागेको थियो ।