अरिङ्गालले चिल्दा सख्त घाइते ताप्लेजुङको खेवाङका युवाको उपचारको क्रममा मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । चारदिन अघि अरिङ्गालले चिल्दा घाइते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार उहाँको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उहाँलाई चारदिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालले चिलेको थियो ।

अचेत अवस्थामा रहनु भएका उहाँलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएको उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दीपेनलाई ५०–६० वटा अरिङ्गालले चिलेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts