सिरिजङ्गा गाउँपालिकाले भन्यो‘पाथीभरामा केवलकार बनाऔं,निर्माण पछि नियमानुसार राजश्व बाँडफाँड गरौं’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि पालिकाको तर्फबाट सक्दो सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्माण पछिको राजश्व बाँफाँडमा हिस्सेदार बनाउन माग गरेको छ ।

पालिकाले शुक्रवार विज्ञप्तिमार्फत केवलकारलाई ‘अहिलेको आवश्यकता र विकसित युगको विकास’को संज्ञा दिएको छ ।

पालिका अध्यक्ष लालकृष्ण चौहानद्धारा हस्ताक्षरित विज्ञप्तिमा पाथीभरा क्षेत्र सिरिजङ्गाको भौगोलिक क्षेत्र पर्ने भएकोले केवलकार निर्माण पश्चात केवलकार निर्माण पश्चात हुने राजश्व बाँडफाँडको हिस्सा साझेदारीमा नियमानुसार गाउँपालिकालाई अनिवार्य रुपमा सहभागी गराउनुपर्ने भनेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts