| |

अखिल क्रान्तिकारी ताप्लेजुङको सम्मेलन सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २० । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला सम्मेलन सुरु भएको छ । नयाँ जिल्ला समिति चयन गर्नेगरी १२ औं जिल्ला सम्मेलन सदरमुकाम फुङ्लिङमा बिहीबारदेखि सुरु भएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जिल्ला सम्मेलनको उद्घाटन गर्नुभएको छ । सम्मेलनमार्फत नयाँ जिल्ला समिति चयन गरिने अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झरेन्द्र तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार अधिकतम् ५१ सदस्यीय जिल्ला समिति रहने संगठनको विधानमा भएको व्यवस्थाबमोजिम नयाँ समिति सर्वसम्मत चयन गर्नेगरी तयारी रहेको छ । आजै बेलुका सम्ममा सम्मेलन सम्पन्न गर्नेगरी पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
यता सम्मेलनको उद्घाटनमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यद्वय पर्शुराम कार्की, विजयप्रकाश वनेम, जिल्ला संयोजक विष्णुकुमार लिम्बू, अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रजिन हाङ्बाङ, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य, अन्य विद्यार्थी संगठनका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलनमा दुईसय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts