आठराई त्रिबेणीका १५ बिद्यालयमा जोडियो प्रयोग भइसकेको सेनिटरी प्याडको सुरक्षित व्यवस्थापन गर्ने उपकरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकाले पालिकाका माध्यमिक र आधारभूत तह सञ्चालन भएका सबै बिद्यालयमा प्रयोग भइसकेको सेनिटरी प्याड सुरक्षित व्यवस्थापन गर्ने उपकरण जडान गरेको छ ।

‘सुरक्षित महिनावारी,हाम्रो जिम्मेवारी’नारा अनुसारको कामलाई सुरक्षित र स्वच्छव बनाउन पालिकाले प्रयोग भइसकेको सेनिटरी प्याड सुरक्षित व्यवस्थापन गर्ने उपकरण जडान गरेको पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा माध्यमिक तह सञ्चालनमा रहेका ७ तथा आधारभूत तह(कक्षा १–८) सञ्चालनमा रहेका ८ गरी १५ बिद्यालयमा एकसाथ उक्त मेसिन जडान गरिएको छ ।

पालिकाले जडान भएका उपकरणको उचित व्यवस्थापन तथा संरक्षणमा ध्यान दिन सम्वन्धित बिद्यालय प्रशासनलाई आग्रह समेत गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले सेनिटरी प्याडको प्रयोग र यसको सुरक्षित व्यवस्थापन दुबैलाई उत्तिकै महत्व ठानेर पालिकाकोतर्फबाट यो कार्य गरिएको बताउनुभयो ।

पालिकाका शिक्षा शाखा प्रमुख सुरेशकुमार पुरीले सेनिटरी प्याडको प्रयोगसंगै यसको सुरक्षित व्यवस्थापनमा देखिएको चिन्ता समाधानमा यो कार्य सार्थक हुने विश्वास लिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts