हिमालयन लाइफ इन्स्योरेन्सद्धारा आमा गुमाएकी छोरीलाई ५० हजार रुपैयाँ सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १७ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आमा गुमाएकी छोरीलाई ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
फुङलिङ नगरपालिका वडा नं ६ बस्ने प्रमिला गुरुङकी ११ वर्षीय छोरी विपिसाको खातामा जम्मा हुनेगरी ५० हजार ६ सय १४ रुपैयाँ सहयोग प्रदान भएको हो । विपिसाकी आमा प्रमिलाको गत साउन २७ गते निधन भएको थियो । मृत्यु हुनु अघिसम्म गुरुङ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखामा सफाई सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

आर्थिक अवस्था कमजोर भएकी उहाँलाई ईन्स्योरेन्सको कोशी प्रदेशमा कार्यरत कर्मचारीकोतर्फबाट रकम संकलन गरी सहयोग गरिएको ईन्स्योरेन्सका कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले जानकारी दिनुभयो । विपिसा अहिले हजुरआमाको संरक्षणमा रहनु भएको छ । नावालिग विपिसाकी हजुरआमा मुख्य संरक्षक रहेर विपिसाकै नाममा बैंक खाता खोली उक्त रकम मुद्यती खातामा जम्मा गरिने इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ । उक्त रकम विपिसाकी हजुरआमालाई हस्तान्तरण गरिएको इन्स्योरेन्सका शाखा प्रवन्धक कमल घिमिरेले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts