मर्स्याङ्दी बस दुर्घटना,१४ जनाको मृत्यु,सनाखत बाँकी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं,भदौ ७ । मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो १२ः५५ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको घटनास्थलमा खटिएका सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन भने बाँकी रहेको छ ।

उद्धार गरिएका १६ जना घाईतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ भने अन्यको उद्धार कार्य जारी छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts