नाल्बु हिंडेको गाडी मेरिङदेनको साक्फारामा दुर्घटना,बिस्तृत बिवरण आउन बाँकी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २९ । ताप्लेजुङको फुङलिङबाट मेरिङदेन गाउँपालिकाको नाल्बुतर्फ हिंडेको एउटा गाडी(ट्याक्सी)मेरिङदेन गाउँपालिकाको साक्फारामा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार सवारी दुर्घटना भएको खबर आएपनि त्यसपछिको विवरण प्राप्त भएको छैन ।

लुङगेलीका अनुसार दुर्घटनाको खबर थाह पाउने बित्तिकै प्रहरी टोली घटनास्थलतर्फ गएको छ । विस्तृत विवरण बुझ्ने काम भइरहेको लुङगेलीले जानकारी दिनुभएको छ । फोटो स्रोत ः सामाजिक सञ्जाल

अरुलाई पनि शेयर गरौ !

Similar Posts