|

फक्ताङ्लुङका पहिरो पीडितलाई राहत सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ५ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका पहिरो पीडित परिवारलाई शनिबार राहत सामग्री वितरण गरिएको छ । बिहीबार राति गएको बाढीपहिरोबाट प्रभावित भएका परिवारलाई फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले राहत सामग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीपहिरोबाट घर जोखिममा परेको वडा ४ इखाबुका दुई परिवार, वडा ५ तापेथोकमा पूर्णरूपमा क्षति भएको एकसहित आठ परिवार र वडा ६ लेलेपका १० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । घर जोखिममा परेका परिवारलाई त्रिपाल र म्याट्रेस वितरण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभएको छ ।
यस्तै घर पूर्णरुपमा क्षति भएको परिवारलाई खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, कम्बल लगायतका सामग्री वितरण गरिएको छ । घर पूर्णरुपमा क्षति भएको अर्थात घर गुमाएको परिवारलाई गाउँपालिकाको तर्फबाट चाँडै ५० हजार रुपियाँ राहत रकम उपलब्ध गराइने पनि अध्यक्ष लिम्बूले बताउनुभयो । बिहीबार राति वर्षासँगै माथिदेखि झरेको पहिरोले गाउँपालिका कार्यालयसहिका संरचनामासमेत क्षति गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts