|

ढिस्कोले लागेर घाइते भएकाको हेलिकप्टरमार्फत उद्दार

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १५ । ताप्लेजुङमा पहिरोमा परी घाइते भएका एक वृद्धलाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारमा लगिएको छ । जिल्लाको सिरिजंघा गाउँपालिका–६ मामाङ्खेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई हेलिकप्टरमार्फत उपचारका लागि विराटनगर लगिएको छ ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार पहिरोको ढिस्कोले लागेर घाइते भएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरी उपचार गर्न विराटनगरको नोवेल अस्पताल लगिएको छ । वडा कार्यालयले उपब्ध गराएको त्रिपाल लगायतका राहत सामग्री बुझेर घरतर्फ फर्कने क्रममा शुक्रबार साँझ बाटो माथिबाट खसेको पहिरोको ढिस्कोले लागेर लिम्बू घाइते हुनुभएको थियो ।
घाइते लिम्बूको टाउकोमा गहिरो चोट लागेकाले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाली सेनाको हेलिकप्टर झिकाई शनिबार उपचारका लागि विराटनगर पठाइएको प्रनाउ रावलले जानकारी दिनुभयो । लिम्बूको सामान्य अवस्थामा उपचार हुँदै आएको पनि परिवार स्रोतलाई उध्रृत गर्दै प्रहरीले जानकारी दिएको छ । गत जेठ ३२ गते गएको बाढीपहिरोबाट लिम्बूको परिवारसहित मामाङ्खेमा दुई दर्जन बढी परिवार प्रभावित भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts