ताप्लेजुङकी आसा लिम्बू कोशी प्रदेश सरकारबाट उत्कृष्ट महिला उद्यमीको रुपमा पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १८ । ताप्लेजुङकी महिला उद्यमी आसा लिम्बू कोशी प्रदेश सरकारबाट नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत हुनु भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ताप्लेजुङको उत्कृष्ट महिला उद्यमीको रुपमा उहाँलाई नगद सहित सम्मान गरेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो । आसासंगै कोशी प्रदेशका प्रत्येक जिल्लाबाट गरी जम्मा १४ जना उद्यमी पुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने आसा उत्तम अल्लो कपडा उद्योगका प्रोपाईटर हुनुहुन्छ । कोशी प्रदेश सरकारले उत्कृष्ट महिला उद्यमी प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्दै आइरहेको छ ।

उद्यम पेशालाई प्रोत्साहन गर्दै सम्मानित एवम् मर्यादित बनाउन प्रदेश सरकारले उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत एवम् सम्मानित गर्ने गरेको छ । स्थानीय उपलब्ध स्रोत,साधन,सीप र सृजनाको प्रयोग गरी घरेलु तथा साना उद्यम सञ्चालनमार्फत स्वयं रोजगार तथा अन्य व्यक्तिलाई पूर्ण वा आशिंक रोजगारी प्रदान गरिरहेका कोशी प्रदेशभरीका महिला उद्यमीहरुले यस्तो पुरस्कारका लागि आबेदन दिन पाउने व्यवस्था गरिएको छ । नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,स्थायी लेखा नम्बर(पान) मूल्य अभिबृद्धि कर(भ्याट)दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो आर्थिक बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र कानुन अनुसार लेखा परीक्षण गर्नुपर्ने उद्योगको हकमा लेखा परीक्षण प्रतिबेदन समेत संलग्न राखी निबेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रालयले उद्यमी छनौट प्रकृयाका लागि सूचना प्रकाशित गर्ने छ भने आबेदन दिन चाहने उद्यमीले सम्वन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा निबेदन दिनुपर्ने छ । प्रदेशभित्र स्थायी बसोबास गरी प्रदेशभित्रै उद्यम सञ्चालन गरेका,आफ्नै नामबाट घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालनमा रहेको,दर्ता भएको उद्योग सञ्चालनमा रहेको कम्तिमा तीनबर्ष पूरा भएको,नियमित रुपमा सरकारलाई तिर्नुपर्ने कर,दस्तुर र राजश्व बुझाएको र स्थानीय स्तरमा भएका स्रोत साधनको प्रयोग गरी स्वरोजगार र स्थानीय जनशक्तिलाई रोजगारी दिएकाहरुले आबेदन दिन सक्नेछन् ।

आबेदन उपर मूल्याङकनका लागि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संयोजक रही कोलेनिका प्रतिनिधि र घरेलु तथा साना उद्योग महासंघ जिल्ला समितिका प्रतिनिधि सदस्य रहेको तीन सदस्यीय समिति रहने छ । समितिले आबेदन कागजातबाट प्राप्त भएको अंक र सम्वन्धित उद्यमको स्थगलत अनुगमन समेतको अंक जोडी उच्चतम् अंक ल्याउने एकजना महिला उद्यमीलाई पुरस्कारका लागि प्रदेश सरकारमा सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts