बैशाखमा मात्रै झण्डै ५२ हजारले गरे पाथीभरा मन्दिरको दर्शन,यो आवको तिर्थालु संख्या २ लाख २० हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३१ । बैशाख महिनामा करिव ५२ हजार दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार बैशाख महिनामा ५१ हजार ८ सय ४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका छन् । यो सहित गत साउन देखि बैशाख मसान्त सम्ममा २ लाख २० हजार २ सय ७२ जनाले मन्दिरको दर्शन गरेका छन् । गत साउनदेखि चैत मसान्तसम्ममा एक लाख ६८ हजार ४ सय ६८ जनाले मन्दिरको दर्शन गरेका थिए ।

हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले दर्शन गरेका थिए । उहाँका अनुसार कात्तिकमा ४९ हजार १ सय ६३,साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ जनाले दर्शन गरेका थिए । यस्तै मंसिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथिभरा मन्दिरको दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts