|

सर्पदंशबाट एक महिला घाइते

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका–३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते हुनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घर नजिक बारीमा मकै गोड्ने क्रममा राईलाई सर्पले डसेको थियो । गुर्बे नामको विषालु सर्पले डसेर घाइते हुनुभएकी राईको साब्लाखु स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको लुङगेलीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार प्राथमिक उपचारपछि घाइते राईलाई थप उपचारका लागि झापाको चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा पठाइएको छ । ताप्लेजुङसहित पूर्वका पहाडी जिल्लामा सर्पदंश उपचार केन्द्र नभएकाले सर्पदंशका घटना भएमा विरामी (घाइते) लाई उपचार गर्न चारआली लैजाने गरिएको छ ।

Similar Posts