लोकतन्त्र दिवसको अवसर पारेर स्वर्गीय मदन भण्डारीको जन्मघर मर्मतसम्भारको कार्य सुरु,तीनदिन भित्र सक्ने तयारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ११ । लोकतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ र अनेरास्ववियू जिल्ला कमिटी ताप्लेजुङको संयुक्त प्रयासमा स्वर्गीय मदन भण्डारीको ताप्लेजुङ मैवाखोलास्थित ढुङगेसाँघुमा रहेको जन्मघरको सफाई तथा मर्मतसम्भार कार्य सुरु भएको छ ।

दुबै संगठनका करिव ३०–३५ जना जनशक्तिमार्फत मर्मतसम्भार तथा सफाई कार्य सुरु भएको राष्ट्रिय युवा संघका कोशी प्रदेश कमिटी सदस्य हेमराज निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवारबाट स्थानीय मजदुर,दुबै संगठनका अगुवा तथा नेकपा एमालेका कार्यकर्ता मिलेर तीनदिन भित्रमा मर्मतसम्भार कार्य पूरा गर्ने तयारी गरिएको छ । जीर्ण रहेको स्वर्गीय भण्डारीको जन्मघरमा टिनको नयाँ छाना लगाउने कार्य मंगलवारबाटै सुरु भएको निरौलाले जानकारी दिनुभयो ।

छानो पूर्ण रुपमा भत्काएर नयाँ लगाईने भएको छ भने भत्किएका र मकिएका काठहरु समेत फेरिने भएको छ । सुरुआतको दिनमा एमाले प्रदेश कमिटी सदस्य टीका सुबेदी, एमाले मैवाखोला पालिका कमिटी सचिव रुपेन्द्र वनेम, युवा संघ नेपालका स्थायी कमिटी सदस्य गोपाल न्यौपाने,युवा संघ नेपालका जिल्ला अध्यक्ष मनोज लिम्बू,उपाध्यक्ष मानिक तुम्बाहाम्फे,अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष बिबेक बानियाँ सहित एमाले नेताहरुको समेत उपस्थिति रहेको निरौलाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts