पत्रकार महासंघ ताप्लेजुङको ११ औं साधारणसभा यही बैशाख १६ गते हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ११ । नेपाल पत्रकार महासंघ ताप्लेजुङको ११ औं साधारणसभा यही वैशाख १६ गते हुने भएको छ ।

पत्रकार महासंघ ताप्लेजुङको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो । १६ गते विहान ८ बजे देखि सुरुहुने साधारणसभामा सचिव सुवास आचार्य र कोषाध्यक्ष मदन गौतमले क्रमशः सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।

साधरणसभामा केन्द्रीय तथा प्रदेश प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्छ । नेपाल पत्रकार महासंघमा प्रत्यक्ष निर्वाचन प्रणाली सुरु भएको छ । साधारणसभा सकिएपछि नेतृत्व चयन गर्नेगरी जिल्ला अधिबेशनको मिति पछि तोकिने भएको छ ।

जिल्ला अधिबेसन अघि पत्रकार महासंघ ताप्लेजुङले आफ्नो नवनिर्मित भवनको उद्घाटन कार्यक्रम तय गर्ने योजना बनाएको छ भने महासंघले प्रकाशन गर्न लागेको सञ्चार स्मारिका विमोचन गर्ने तयारी पनि भइरहेको पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts