आगामी आवको बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम बारे ताप्लेजुङको सिरिजङ्गाले माग्यो सर्वसाधारणको सुझाव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१।८२ का लागि प्रस्तुत हुने बजेट तथा कार्यक्रम बारे सर्वसाधारणको सुझाव माग गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले आगामी आवको बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रम बारे बैशाख १५ गते सम्ममा सुझाव पेश गरिसक्न सम्वन्धित सबैलाई आग्रह गर्नु भएको छ ।

गाउँपालिकाले आगामी आवको बार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने उपयुक्त बिषयहरु पालिकाका पेश गर्न संघसंस्था,बुद्धिजीवि,राजनीतिक दल,पेशाकर्मी,व्यवसायी सञ्चारकर्मी लगायत सिरिजङ्गा गाउँपालिकावासी नागरिकहरुमा आग्रह गरेको छ ।

यस्ता सुझावहरु पालिकाको प्रमुख प्रशासनिक कार्यालय तेल्लोक सहित पालिकाका ८ वटै वडा कार्यालयमार्फत पनि पेश गर्न सकिने भएको छ भने पालिकाको इमेल ठेगाना र सामाजिक सञ्जालमार्फत पालिकाको फेसबुक पेजको म्यासेज वक्समा गएर पनि पेश गर्न सकिने भएको छ ।

पालिकाले इमेलमार्फत सुझाव पेश गर्नेहरुका लागि पालिकाको इमेल ठेगाना sirijangharuralmunicipality@gmail.com र फेसबुकमार्फत सुझाव पेशगर्नेहरुका लागि फेसबुकः@sirijangha प्रयोगमा ल्याएको जनाएको छ ।

 

Similar Posts