| |

मोती माविको पक्की भवन बन्ने

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा रहेको मोती माध्यमिक विद्यालयको पक्की भवन बन्ने भएको छ । मिक्वाखोला गाउँपालिका र ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को आर्थिक साझेदारीमा विद्यालयको पक्की भवन बन्ने भएको हो ।
कुल एक करोड तीन लाख १२ हजार ६८६ रुपैयाँको लागतमा आठ कोठा भएको दुईतले पक्की भवन बन्ने भएको हो । कुल रकममध्ये एचपीएफ नामक संस्थाको ७७ लाख २९ हजार ५१५ रुपैयाँ आर्थिक सहयोग रहेको छ भने गाउँपालिकाको २५ लाख ८३ हजार १७१ रुपैयाँ रकम साझेदारी रहने भएको छ ।
उक्त विद्यालय भवनको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले गएको बिहीबार शिलान्यास गर्नुभएको छ । गाउँपालिका उपाध्यक्ष डण्डु लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्यासहितको उपस्थितिमा भवनको शिल्यान्यास गरिएको अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । पक्की भवन सम्पन्न भएपछि कक्षा १२ सम्मको पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक केबुहाङ लिम्बूको भनाइ छ ।
यता भवन निर्माण गर्नका लागि पूर्वमन्त्री स्वर्गीय अम्बिका साँबा, स्थानीय भीमशेर साँबा, भक्तबहादुर नेपाली र लक्ष्मी गिरीको परिवारले १० रोपनी जग्गा विद्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको छ । मोति माविमा दुई सय बढी विद्यार्थी अध्ययनरत रहेका बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts