सिरिजङ्गाद्धारा पालिकाका ४६ कृषक,उद्यमी,सहकारी र समूहलाई बालीबस्तु प्रवद्र्धन अनुदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले ‘एक वडा एक बालीबस्तु प्रवद्र्धन कार्यक्रम अन्र्तगत पालिकाका ८ वटै वडाका कृषक समूहहरुलाई कूल लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी लाभग्राही छनौट गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार कृषक,उद्यमी,सहकारी र समूह गरी ४६ जनाले यस्तो अनुदान पाउने भएका छन् । उहाँका अनुसार वडा नं १ सिनाममा ५ जनाले यस्तो अनुदान पाउने छन् । सिनामबाट यस्तो अनुदान पाउन ७ जनाले आबेदन दिएका थिए । यस्तै वडा नं २ आम्बेगुदिनबाट ६ जनाको आबेदन परेकोमा ४ जनाले अनुदान पाउने भएका छन् ।

वडा नं ३ सिकैचाबाट १४ जनाको आबेदन परेकोमा ११ जना अनुदान पाउन योग्य लाभग्राहीको छनौट गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै वडा नं ५ पेदाङबाट ८ जना लाभग्राहीले अनुदान पाउने भएका छन् । पेदाङबाट अनुदान पाउनका लागि १९ जनाको आबेदन परेको थियो । वडा नं ६ मामाङ्खेबाट १० जनाको आबेदन परेकोमा ८ जनाले अनुदान पाउने भएका छन् । वडा नं ७ खेवाङबाट ६ जनाले आबेदन गरेकोमा ६ जनाले नै अनुदान पाउनेछन् ।

यस्तै वडा नं ८ याम्फुदिनबाट १४ जनाले अनुदान पाउने गाउँपालिकाले जनाएको छ । याम्फुदिनबाट अनुदान पाउन २२ जनाले आबेदन दिएका थिए । अनुदान पाउनका लागि कृषक,उद्यमी,सहकारी र समूहले आबेदन दिन आबेदन दिने पाउँथे । प्रत्येक वडाका लागि गाउँपालिकाले ५ लाख रुपैयाँका दरले यस्तो अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts