लडी घाइते ताप्लेजुङको चाँगेका एक बृद्धको उपचारका क्रममा मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३० । आफ्नै घरको सिंढीबाट ओर्लने क्रममा लडी घाइते ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगेका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार चाँगेका ७६ बर्षिय बिजयकुमार लिम्बूको उपचारका क्रममा झापास्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

लडी घाइते हुनु भएका उहाँलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा उहाँलाई प्राथमिक उपचार पछि थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको बिर्तासिटीमै मृत्यु भएको प्रहरीले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts