हावाहुरीले बिद्यालयको छानो तथा कम्प्युटर कक्षमा गरेको असरबाट चारलाख रुपैयाँको क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । मंगलवार साँझ आएको हावाहुरीले सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचा स्थित पाथीभरा आधारभूत बिद्यालयकोे टिनको छानो उडाउँदा करिव ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार हावाहुरीले बिद्यालयको माथिल्लो तल्लाको टिनको छानो उडाउनुका साथै कम्प्युटर कोठाको पूर्वतर्फको पर्खाल समेत भत्काई क्षति गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश थापाले क्षति भएको जानकारी अस्थायी प्रहरी चौकी काँडेभञ्ज्याङलाई गराएपछि स्थलगत अवलोकनका लागि गएको प्रहरी टोलीले क्षतिको प्रारम्भिक विवरण तयार पारेको हो ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts