ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० मा नेतृत्व विकास सम्वन्धी तालिम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २५ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा आइतवारबाट तीनदिने नेतृत्व तथा क्षमता विकास सम्बन्धी तीनदिने तालिम सुरु भएको छ ।
पहिलो दिन आईतवार नेतृत्व तथा क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सुरु गरिएको छ । तालिमको सहजीकरण उज्यालो पोष्ट दैनिकका सम्पादक तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गर्नु भएको छ । यसअघि तालिमको उद्घाटन गर्दै फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले क्षमता तथा नेतृत्व विकासका लागि तालिम लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रमा फुनपा वडा नं १० का वडा सदस्य प्रेम लिम्बू र पम्फा दमाई,वडासचिव सचिन रेग्मी सहितको उपस्थिति थियो । तालिम संयोजक तथा फुङलिङ नगरपालिका महिला तथा वालवालिका शाखाका प्रमुख सीता गुरुङका अनुसार सोमवार कानुनी साक्षरता तथा मंगलवार आयआर्जन र एवम् महिला प्रजनन् स्वास्थ्य सम्बन्धी अनुशिक्षण हुने छ । फुङलिङ नगरपालिकाले नगरक्षेत्रका ११ वटै वडामा यस्तो अभिमुखीकरण सञ्चालन गरिरहेको छ ।