ताप्लेजुङको फुङलिङमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन ४५ जनाको शल्कृया,शिविर बुधवार पनि चल्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २० । ताप्लेजुङको फुङलिङमा जारी दुईदिने शल्यकृया सहितको निःशुल्क आँखा शिविरको पहिलो दिन मंगलवार ४५ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया भएको छ । ३ सय ७३ जनाले आँखाको परीक्षण गराएका छन् ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आईकेयर पुरानो वानेश्वर काठमाडौंको प्राविधिक तथा परार्मशीय सहयोगमा सञ्चालित शिविर बुधवार पनि चल्ने छ । शिविरमा मेची आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर पुरुषोत्तम जोशी नेतृत्व टोलीले शल्यकृया गर्ने भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले बुधवार पनि आँखाको परीक्षण तथा उपचार हुने र छनौट भएका मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया हुने जानकारी दिनुभयो । शिविरमा दृष्टीदोषका कारण चश्मा लगाउनुपर्ने झञ्झट हटाउन आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्येका एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डाक्टर किशोरराज प्रधानले परार्मश सेवा समेत प्रदान गरिरहनु भएको र सो सेवा बुधवार पनि सञ्चालन हुने ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

डाक्टर प्रधानका अनुसार आँखाको लेजर सर्जरी गर्ने सेवा मेची आँखा अस्पतालमा समेत सुरु भएको छ । काठमाडौंमा मात्र प्रदान हुने यस्तो सेवालाई पूर्वी नेपालका आँखा रोगीहरु सम्म पु¥याउने उद्देश्यले मेची आँखा अस्पतालमै यस्तो सेवा प्रारम्भ भएकोले अब हजारौं रुपैयाँ खर्च गरेर काठमाडौं सम्म पुग्नुपर्ने झञ्झट कम भएको समेत डाक्टर प्रधानले बताउनुभयो । अहिले सम्म प्रधानले  करिव २४ हजार आँखाका रोगीहरुको लेजर सर्जरी सेवा प्रदान प्रदान गर्नु भएको छ । ति मध्ये करिव २ हजारजना ताप्लेजुङका नागरिक रहेका छन् ।

दुई बिदेशी समाजसेवी समेत उपस्थित भएर शिविरको परीवेक्षण गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताउनुभयो । शिविरमा उपस्थित मेची आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जलकुमार गुरुङले आँखा स्वास्थ्य क्षेत्रमा भइरहेको पछिल्लो प्रयास सह्रानीय भएको बताउँदै मेची आँखा अस्पतालबाट हुने प्राविधिक सहयोगका लागि आफुहरु सदैव तयार हुने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा अस्पतालका निर्देशक डाक्टर सन्दुक रुइतको उपस्थितिमा गत फागुन १६ देखि १८ गते सम्म फुङलिङमै तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन समेतको आयोजनामा भएको उक्त शिविरका क्रममा १ सय ५४ जनाको आँखाको शल्यकृया भएको थियो भने १ हजार २ सय ८१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका थिए ।

महिना दिनकै अवधिमा शिविर सञ्चालन हुँदा सेवाग्राहीको उपस्थिति कम होला भन्ने शंसय भएकोमा त्यो आशंका मेट्दै सेवाग्राहीको बाक्लो उपस्थिति रहेको र सेवा लिन आउने सबैलाई व्यवस्थित ढंगले सेवा दिएर पठाउने गरी व्यवस्थापन गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । आँखा स्वास्थ्य क्षेत्रको वृत्तिविकासमा ठूलो सहयोग गर्दै आउनु भएका समाजसेवी तथा व्यवसायी दिनेश प्रसाँईले गृह जिल्लामा आँखाका गतिविधिहरु चलायमान भएको देख्दा आफु प्रसन्नित भएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts