सुपर कावेलीखोला ‘ए’क्यासकेट जलबिद्युत परियोजनाको एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १६ । १२ मेगावाट क्षमताको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित सुपर कावेलीखोला ‘ए’क्यासकेटको करिव साढे अठारसय मिटर लामो एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’भएको छ ।

एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’भएसंगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । आयोजनाको १ हजार ८ सय ३७ मिटर लामो एचआरटी सुरुङ मार्गको निर्माण कार्य २०७९ साल पुस २५ गतेबाट सुरु भएको थियो । कावेलीखोला ‘ए’क्यासकेट ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङ तथा वडा नं ८ याम्फुदिन भइ बग्ने काबेली खोलाको पानी सदुपयोग गरेर बनाइने जलबिद्युत आयोजना हो ।

जलबिद्युत आयोजनाको मुख्य प्रवद्र्धक हिलटल इनर्जी लिमिटेड मुख्य प्रवद्र्धक रहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने भएको छ । आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युतगृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts