पारिवारिक निजी वन संघ नेपाल ताप्लेजुङमा नयाँ नेतृत्व,गुरुङ अध्यक्ष रहेको १५ सदस्यीय समिति चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ११ । पारिवारिक निजी वन संघ नेपाल ताप्लेजुङको दोस्रो जिल्ला अधिवेशनले इन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ । अधिबेशनले उपाध्यक्षमा तोयानाथ गौतम,सचिवमा बसन्त पालुङ्वा,उपसचिवमा माला पालुङ्वा र कोषाध्यक्षमा गणेशकुमार श्रेष्ठलाई चयन गरेको छ । समितिका सदस्यहरुमा दिनेश अधिकारी,गंगा लिङखिम,मोहन निरौला,बेदनिधी पौडेल,संगिता कार्की,गायत्री भण्डारी,सुवास घिसिङ,हर्कबहादुर गुरुङ,बिष्णुमाया गुरुङ र भद्रवीर रेग्मीलाई चयन हुनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समितिका सदस्य यिगेन्द्रकुमार गुरुङले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराउनु भएको छ ।

यसअघि भएको बन्दसत्रले सचिव पालुङ्वा तथा कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको क्रमशःसांगठनिक तथा आर्थिक प्रतिबेदनलाई पारित गरेको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि गुरुङ, पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समिति सदस्य चन्द्रा खतिवडा भट्टराई,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझा,पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्य,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायतले शुभकामना सहित रचनात्मक काम गर्न सक्ने कार्य समिति चयनका लागि शुभेच्छा प्रकट गर्नु भएको थियो ।

ताप्लेजुङमा पारिवारिक निजी वन संघ नेपाल २०७४ सालमा स्थापना भएको हो । जमिनको दिगो व्यवस्थापन र उपयोगको माध्यमबाट पारिवारिक निजी वन किसानहरूको जीविकोपार्जन र गरिवी न्यूनीकरण गर्दै समृद्ध राष्ट्र निर्माणमा टेवा पु¥याउने लक्ष्य सहित बिक्रम सम्वत् २०७१ फागुन २४ गते पारिवारिक निजी वन संघको राष्ट्रिय तदर्थ समिति गठन गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts