ताप्लेजुङमा चैत २३ देखि चौथो मेयर कप जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ७ । यही चैत २३ देखि २५ गते सम्म ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित इन्द्रेणी ब्याडमिन्टन हलमा चौथो मेयर कप जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
फुङलिङ नगरपालिकाको मुख्य तथा जिल्लाका ८ वटै गाउँपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको आयोजक जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघकले जानकारी दिनुभयो । प्रतियोगिता अन्तरगत मेन्स डबल्स सिनियर टिमका बिजेताले २५ हजार तथा उजबिजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
मेन्स डबल्स जुनियर टिमका बिजेताले नगद २० हजार तथा उपबिजेताले १० हजार रुपैयाँ प्राप्त हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सिंघकले जानकारी दिनुभयो । कर्मचारी डबल्स टिमका बिजेताले नगद १५ हजार प्राप्त गर्दा उपबिजेताले नगद १० हजार रुपैयाँ पाउने भएका छन् ।
यस्तै मेन्स डबल्सतर्फका बिजेताले नगद १५ हजार प्राप्त गर्दा उपबिजेताले नगद १० हजार रुपैयाँ पाउने छन् भने बेष्ट प्लेयरका बन्नेले नगद ५ हजार रुपैयाँ पाउने भएका छन् । सबै बिधाको प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।