स्थापनाको सातौं बर्ष पूरा भएको अवसरमा सिरिजंगाले मनायो स्थापना दिवस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ फागुन २७ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले स्थापनाको सातौं वर्ष मनाएको छ ।

पालिका परिसरमा अवस्थित सिरिजंगा स्मारकमा माल्यार्पण, दीप प्रज्ज्वलन तथा शुभकामना आदान प्रदान गरेर कार्यक्रम मनाएको हो । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले जनताको बलिदानी तथा संघर्षवाट प्राप्त उपलब्धी स्वरुप केन्द्रमा रहेको सिंहदरवार ग्रामीण तह सम्म विकेन्द्रित भएको बताउनुभयो । उहाँले स्थानीय सरकार स्थापना पछि जनताले बिगतमा अधिकारका लागि केन्द्रमा धाउनुपर्ने अवस्थाको अठत्य गरी हरेक जनतालाई अधिकार सम्पन्न भएको समेत बताउनुभयो ।

पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावोले स्थानीय सरकार स्थापना पछि जनतामा प्राप्त हुनुपर्ने अधिकार सहज ढंगबाट प्रदान हुन थालेको बताउनुभयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले स्थानीय तह स्थापनाको सातौं वर्ष पूरा भएको यो अवसर जनताको अधिकार संस्थागत गर्न बलियो आधार बन्दै आएको बताउनुभयो । कार्यक्रममा पालिका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष वमप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी र स्थानीय नागरिकको समेत उपस्थिति थियो।

अरुलाई पनि शेयर गरौ !

Similar Posts