प्रथम सेसेलुङ (कञ्चनजंघा) गोल्डकपको बचत झण्डै दुईलाख रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २६ । गत पुस पहिलो साता ताप्लेजुङमा सञ्चालित प्रथम सेसेलुङ(कञ्चनजंघा)गोल्डकपका क्रममा झण्डै दुई लाख रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।

चासोक तङनामको अवसरमा भानुजन माध्यमिक बिद्यालयको खेलमैदानमा गत पुष ४ गतेदेखि ११ सम्म सञ्चालित गोल्ड कपको आयव्यय शनिवार सार्वजनिक गर्दै आयोजक संस्थाहरुले १ लाख ९३ हजार १ सय ४५ रुपैयाँ बचत भएको जनाएका छन् । कञ्चनजंघा फुङलिङ क्लब र ङा वोरक सङजुम्बो फुङलेङ आयोजक रहेका थिए । आयोजक कञ्चनजंघा फुङलिङ क्लबका अध्यक्ष अशोक थेबे तथा चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्र थेबेको उपस्थितिमा कोषाध्यक्ष कुलदीप मादेनले प्रतियोगिता सञ्चालनका क्रममा संकलन भएको रकम,खर्च रकम र बचत रकम बारे जानकारी गराउनु भएको हो ।

मादेनका अनुसार दर्शक सहित विभिन्न संघसस्था तथा व्यक्तिबाट कूल ३५ लाख ५९ हजार १५ रुपैयाँ आम्दानीको रुपमा प्राप्त भएको थियो । त्यसमध्ये ३४ लाख १५ हजार १ सय ७० रुपैयाँ खर्च भएको मादेनले बताउनुभयो । प्रतिबद्धता प्राप्त भएको रकमध्ये ३ लाख ५० हजार रुपैयाँ संस्थाको खातामा प्राप्त हुन बाँकी रहेको र यो प्राप्त हुने विश्वासिलो आधार पछि आफुहरुले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको चासोक तङ्नाम सञ्चालन समिति अध्यक्ष थेबेले बताउनुभयो ।

पर्वकै अवसरमा विभिन्न साँस्कृतिक नृत्यहरुको समेत प्रतियोगिता गराइएको थियो । ८ टीमको सहभागितामा सञ्चालन भएको प्रतियोगिताका विजेता टीमले ३ लाख २ हजार र उपविजेताले १ लाख ५१ हजार प्राप्त गरेका थिए । छोटो समयमै भएको प्रतियोगितामा समेत दाता महानुभावहरुबाट प्राप्त भएको सहयोग र व्यवस्थित रुपले कार्यक्रम सञ्चालन गर्न सकिएको भन्दै मादेनले आगामी बर्ष समेत प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts