| |

प्रधानमन्त्री प्रचण्डसमक्ष योजना तथा बजेट माग

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङका स्थानीय राजनीतिक नेतृत्वको एक टोलीले आफ्नो जिल्लाको योजनामा बजेट व्यवस्था गरिदिन माग गरेको छ । जिल्लामा ओझेलमा परेका विभिन्न योजनाका लागि आवश्यक बजेट व्यवस्था गरिदिन सो टोलीले प्रधानमन्त्री दाहालसमक्ष माग गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्रीको नेतृत्वमा गएको टोलीले ताप्लेजुङका थुप्रै योजनाहरु ओझेलमा परेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बजेट व्यवस्था गरिदिन माग गरेको हो । प्रधानमन्त्री दाहाललाई विभिन्न योजनाको विवरण बुझाउँदै बजेट विनियोजन गरिदिन आग्रह गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य बुडाक्षेत्रीले जानकारी दिनुभयो ।
पर्यटन, जलस्रोत लगायतका दृष्टिकोणले पर्याप्त सम्भावना बोकेको जिल्ला भएर पनि आवश्यक बजेट र योजना नहुँदा ताप्लेजुङ ओझेलमा अर्थात पछि परेको विषय प्रधानमन्त्रीलाई अवगत गराएको उहाँले बताउनुभयो छ । उहाँकाअनुसार सडक, सिँचाइ, खानेपानी, पर्यटनजस्ता विभिन्न योजनाका बजेट व्यवस्था गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट गर्न बुडाक्षेत्रीसहित माओवादीका वैकल्पिक केन्द्रीय सदस्यद्वय विजयप्रकाश वनेम, पर्शुराम कार्की, प्रदेश समिति सदस्य सुरज ओझा लगायतको टोली मंगलबार गएको हो । भेटपछि प्रधानमन्त्री दाहालले सम्भव हुनेसम्म सम्बोधन गर्ने वचन दिनुभएको प्रदेश समिति सदस्य ओझाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts