|

मैवाखोलाका पहिरो पीडितलाई न्यानो कम्बल वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । मैवाखोला गाउँपालिका–३ साँघुस्थित अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको हो ।
प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमको पहलमा प्रदेश सरकारमार्फत प्राप्त कम्बल सोमबार पहिरो पीडित परिवारलाई वितरण गरिएको हो । पहिरो पीडित ६५ परिवारलाई एक–एक वटाका दरले कम्बल वितरण गरिएको नेपाली काँग्रेस ताप्लेजुङका पूर्वसचिव छवि गुरुङले जानकारी दिनुभयो । जाडो मौसममा पहिरो पीडित परिवारलाई थोरै भए पनि राहत पुग्ने विश्वास गरिएको गुरुङले बताउनुभयो ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम लगायतको उपस्थितिमा पहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको बताइएको छ । गत असार २ गते गएको पहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलका ६२ परिवार, ताम्राङका दुई र वडा ३ साँघुका एकसमेत ६५ परिवार विस्थापित भएका छन् । पहिरोले विस्थापित भएका परिवारलाई गाउँपालिकाले अस्थायी आवास घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts