कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पाथीभरा याङवरकले आफुलाई दियो ७१ प्रतिशत अंक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ८ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले बार्षिक कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनमा आफुलाई ७१ प्रतिशत नतिजा प्राप्त भएको सूची सार्वजनिक गरेको छ ।

पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार १० वटा बिषयगत क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन(आफुले कार्य सम्पादन गरेका बिषयमा आफैंले गरेको मूल्याङ्कन) मा ७१ प्रतिशत अंक प्राप्त भएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ को अधिनमा रही पालिकाले १० वटा बिषय क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन गरी नतिजा प्रकाशन गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार ९ पूर्णाङ्कको शासकीय प्रवन्ध सूचकमा ७७.७८ प्रतिशत अर्थात् ७ अंक प्राप्त भएको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासन सत प्रतिशत अंक प्राप्त भएको पालिकाले जनाएको छ । यस्तै ११ पूर्णाङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७७.२७ प्रतिशत अर्थात् ८.५ अंक र ११ पूर्णाङ्ककै वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९.२५ अंक अर्थात् ८४.०९ प्रतिशत नतिजा प्राप्त भएको पालिकाले जनाएको छ ।

पालिकाले १६ अंकको सेवा प्रवाह सम्वन्धी सूचकमा ७९.६९ प्रतिशत अर्थात् १२.७५अंक दिएको छ । ७ अंकको न्यायिक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अर्थात् ६ अंक दिएको पालिकाले १३ पूर्णाङ्कको भौतिक पूर्वाधार सम्वन्धी सूचकमा ६ अंक अर्थात् ४६.१५ प्रतिशत नतिजा दिएको छ । यस्तै १० पूर्णाङ्कको सामाजिक समावेशीकरणमा ७५ प्रतिशत अर्थात् ७.५ अंक दिएको छ भने ९ पूर्णाङ्कको वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा ५५.५६ प्रतिशत अर्थात् ५ अंक दिएको छ ।

६ पूर्णाङ्कको समन्वय र सहकार्य सूचकमा १६.६७ प्रतिशत अर्थात् १ अंक दिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्वन्धी कार्यविधि २०७७ को परिच्छेद ३ मा स्वमूल्याङ्कनका प्रकृया र अंकभार सम्वन्धी व्यवस्था गरिएको छ । जस अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट अनुमोदन गरी ७ दिन भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts