प्रहरी हिरासतमा रहेका व्यवसायी रेग्मीको रिहाईको माग गर्दै शनिवारबाट बजार पसल बन्दको घोषणा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २० । प्रहरी हिरासतमा रहेका ताप्लेजुङका व्यवसायी भद्रवीर रेग्मीको रिहाईको माग गर्दै ताप्लेजुङ उद्योग बाणिज्य संघ र नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिवारबाट बजार पसल बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

चरणबद्ध आन्दोलनका रुपमा उनीहरुले यातायात बन्द समेतको घोषणा गरेका छन् । दुबै संस्थाहरुले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै ‘अति सामान्य घटना’का कारण पक्राउ गरी हिरासतमा राख्ने,मुद्दालाई सम्वन्धित निकायमा पेश गर्न आलटाल गर्ने गतिविधिका पछाडि ठूलो रहस्य रहेको भन्दै रेग्मी माथि लागेको मुद्दा फिर्ता लिई रिहा गर्न शुक्रवार(आज)सम्मको समयावधि दिएका छन् । सो अवधि सम्ममा रेग्मीको रिहाई नभए शनिवारबाट अनिश्चितकालिन बजार पसल र यातायात बन्दको आवäान गरिएको दुबै संस्थाले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका सदस्य समेत रहेका रेग्मी अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत हुन् । ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष दावा शेर्पा तथा महासचिव कमल लिम्बूद्धारा जारी विज्ञप्तिमा समाजमा हुने छिटफुट घटनालाई आपसी सहमतिमा समाधान गर्ने प्रयत्न हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयको निगारानीमा रहेको सिसीटिभी फुटेज सार्वजनिक गराएर सहमतिको वातावरण बिगार्ने प्रयास भएको आरोप लगाईएको छ । घटनालाई उत्तेजित बनाउन सिसीटिभी फुटेज सम्पादन गरी बाहिर ल्याएको आरोप समेत विज्ञप्तिमार्फत लगाईएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघका जिल्ला अध्यक्ष गोबिन्दराज बराल र सचिव राजेन्द्र भारतीद्धारा जारी विज्ञप्तिमा पनि ताप्लेजुङ उद्योग बाणिज्य संघले भने जस्तै कुरा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts