|

कञ्चनजंघा गोल्डकपको फाइनलमा पुग्यो चक्रघट्टी क्लब

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ८ । सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो ।
आयोजक टोली कञ्चनजंघा फुङ्लिङ क्लबलाई पराजित गर्दै चक्रघट्टी सुनसरी सेमिफाइनल पुगेको थियो । अब सोमबार हुने दोस्रो सेमिफाइनल खेल पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच हुने छ । झापाको जलथल फुटबल क्लबलाई पराजित गर्दै पाँचथर र बीटी फुटबल क्लब तेह्रथुमलाई पराजित सगरमाथा युथ क्लब सेमिफाइनल पुगेका हुन् ।
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजंघा फुङ्लिङ क्लब र ङा वोरक सङजुम्भो फुङ्लेङको संयुक्त आयोजनामा गत बुधबारदेखि फुटबल प्रतियोगिता जारी रहेको छ । गोल्डकपको फाइनल पुस ११ गते बुधबार हुने र गोल्डकप विजेताले तीन लाख दुई हजार ८० रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
यस्तै उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ एकलाख ५१ हजार ८० रुपियाँ नगद राशि पाउने चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । चासोक तङ्नामको अवसरमा फुटबल प्रतियोगितासँगै लिम्बू संस्कृतिमा आधारित धान नाच, च्याब्रुङ नाचसहितका कार्यक्रमहरु पनि आयोजना गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts