‘ऐतिहासिक’ पुसे मेलाका लागि मेरिङदेनले दियो दुईदिन स्थानीय बिदा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १ । ताप्लेजुङको दोभानमा विगत ५० बर्ष देखि लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि मेरिङदेन गाउँपालिकाले दुईदिन स्थानीय बिदा दिएको छ ।

कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते स्थानीय बिदा दिईएको मेरिङदेन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहले जानकारी दिनुभयो । बिदाका दुईदिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय,सामुदायिक बिद्यालय एवम् संघसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।

पुसे मेला लाग्न थालेको यो बर्ष ५० बर्ष पूरा भएको छ । पुसे मेलालाई पालिकाले स्थानीय पर्वको रुपमा लिएर उत्सव मनाउन बदिा दिएको जनाएको छ । मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगमस्थल मानिने दोभानमा आइतवारबाट सुरु भएको पुसेमेला ५ गते सकिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts