बिद्यालय शिक्षालाई सुधार गर्न ताप्लेजुङमा बन्यो समावेशी कार्यदल,स्थानीय तहलाई परार्मश सेवा समेत दिईने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २० । लैंगिक मैत्री र समावेशी वातावरण सृजना गरी बिद्यालय शिक्षालाई सुधार गर्न ताप्लेजुङमा समावेशी कार्यदल गठन गरिएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा संयोजक रहेको समिति गठन गरिएको हो । युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहनु हुने छ । युडब्लूएस नेपालले फुङलिङ नगरपालिका सहित पाथीभरा याङ्वरक गाउँपालिका,मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा कार्यक्षेत्र बनाएको छ । निकट भबिष्यमै ताप्लेजुङका सबै स्थानीय तहहरुमा सहकार्यमा कार्यक्रम गर्ने योजना रहेको युडब्लूएस नेपालका अध्यक्ष खेमराज खड्काले जानकारी दिनुभयो ।

कार्य आरम्भ गरेको दुईबर्षमै युडब्लूएस नेपालले बिद्यालय शिक्षा सुधारका लागि यो क्षेत्रमा काम गर्ने अन्य निकायलाई समेत समेटेर कार्यदल बनाएको छ । कार्यदलमा शिक्षा क्षेत्रमा काम गर्दै आएका ह्युमन् प्राक्टिस फाउण्डेसन(एचपीएफ) र ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालका प्रतिनिधि समेत सदस्य रहनु हुने छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिईएको छ । यो कार्यदलले समावेशी तथा समतामूलक र गणस्तरीय बिद्यालय शिक्षाका लागि स्थानीय सरकारलाई परार्मश तथा सल्लाह दिने जिम्मेवारी रहने युडब्लूएस नेपालका बरिष्ठ सचार अधिकृत निर्मला अधिकारीले जानकारी दिनुभयो ।

युडब्लूएस नेपालले अहिले संखुवासभा,गुल्मी र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएको छ । धनकुटा सहितका केहि जिल्लामा कायक्षेत्र थप गरी उसले आगामी पाँचबर्ष भित्र ९० वटा सामुदायिक बिद्यालयको भवन निर्माण सहित आधुनिक प्रविधिमैत्री सिकाई बिधि विकास गर्ने घोषणा पनि गरेको छ । युडब्लूएस नेपालले गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन,आकर्षक कक्षा कोठा,प्रविधि सहितको सिकाई,खेलकुद सामाग्री सहितको बिद्यालय,क्षमता सहितको जनशक्ति र बिद्यार्थी सहयोग कार्यक्रमलाई एकसाथ प्रयोगमा आउने बताएको हो ।

ग्रामीण,दुर्गम,पछाडि पारिएका र सीमान्तकृत बालबालिकालाई गुणस्तरीय तथा प्रभावकारी शैक्षिक पहुँचमा ल्याउन संस्थाले अभियान अघि बढाएको खड्काले बताउनुभयो । उहाँले आफुहरुले स्थानीय तहसंग र सम्वन्धित सरोकारवालासंग शैक्षिक सहकार्य गर्ने समेत जानकारी दिनुभयो । २०७२ साल चैतमा स्थापना भएको युडब्लूएस नेपालले तीन जिल्लाका ७६ वटा बिद्यालयमा ५ सय ९ वटा कक्षा कोठा निर्माण गरिसकेको जनाएको छ ।

जस अनुसार संखुवासभामा ५३,गुल्मीमा १८ र ताप्लेजुङमा ५ वटा बिद्यालय निर्माण भएका छन् । युडब्लुएस नेपालको कार्यक्षेत्रका दृष्टीले ताप्लेजुङ कान्छो हो । खड्काका अनुसार यो अभियानबाट तीन जिल्लाका १३ हजार ९ सय २८ बालबालिका लाभान्वित भएका छन् । संस्थाका कार्यक्रम प्रवन्धक अभिनाष झाका अनुसार गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि काम गर्नु संस्थाको प्रमुख उद्देश्य हो । बालबालिकाका लागि सुरक्षित कक्षाकोठाको निर्माण र अध्ययनका लागि उनीहरुलाई उत्प्रेरित गर्न सबैखाले आधुनिक सुबिधा तथा प्रविधियुक्त पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान दिने संस्थाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts