‘प्रकृति जोगाऔं,अर्को पुस्तालाई पनि हिमाल देखाऔं’भन्दै कञ्चनजंघा बेस क्याम्प सम्मको भ्रमण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १४ । ‘प्रकृति जोगाऔं र अर्को पुस्तालाई पनि हिमाल देखाऔं’ भन्ने नारा सहित नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ ताप्लेजुङको अगुवाईमा कञ्चजंघाको दक्षिणी आधार शिविर सम्मको भ्रमण पूरा भएको छ ।

कञ्चनजंघा नेपालको दोस्रो तथा विश्वको तेस्रो(८,५८६ मिटर)अग्लो शिखर हो । विश्वलाई कञ्चनजंघाको सन्देश प्रवाह गर्ने उद्देश्यले अवलोकन भ्रमण तथा हिमालको बिद्यमान अवस्थाको निरीक्षण र हिमाल र हिमाली जीवन परिवेशका बारेमा बुझ्ने र जानकारी प्रेषित गर्ने उद्देश्य सहित भ्रमण आयोजना गरिएको राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष हेमराज निरौलाले जानकारी दिनुभयो ।

भ्रमण टोलीमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वो,एमाले जिल्ला उपसचिव तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमू सहितको सहभागिता रहेको जनसाँस्कृतिक महासंघले जनाएको छ । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले आफुहरुले कञ्चनजंघा आधार शिविर सम्मको भ्रमणमा जाँदा देखिएको पर्यटन क्षेत्रका समस्या,जोखिम र समाधानका उपाय बारे सरोकारवाला पक्षसंग छलफल समेत गर्ने योजना बनाएको बताउनुभयो । टोली फुङलिङबाट यात्रा सुरु गरी कञ्चनजंघाको दक्षिणी आधार शिविर ओक्ताङ पुगेर फेरी फुङलिङ फर्किएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts