बिभिन्न घटनामा परी चालू आवको २ महिनामा ताप्लेजुङमा १५ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ४ । चालू आर्थिक बर्षको दुई महिनाको अवधिमा ताप्लेजुङमा १५ जनाको मृत्यु भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन मुदेलका अनुसार सबैभन्दा बढी भबितब्य ज्यानमा परी ७ जनाको मृत्यु भएको छ । दुई महिनाको अवधिमा ६ जनाले झुण्डीएर आत्महत्या गरेका छन् भने बिष सेवन गरी १ जनाको ज्यान गएको छ । कर्तव्यबाट १ जनाको मृत्यु भएको समेत प्रहरी कार्यालयले जनाएको छ । चालू आवको २ साउन र भदौ महिना भित्रमा प्रहरी कार्यालयमा २९ वटा मुद्दा दर्ता भएका छन् । ति मध्ये १० थान मुद्दा फस्र्यौट गरिएको छ भने अरु १९ वटा कारवाहीको क्रममा रहेका छन् ।

प्रहरी कार्यालयका सूचना अधिकारी मुदेलका अनुसार चालू आवको २ महिनामा ११ वा शीर्षकका घटना भएका छन् । जसमा अंगभंग कसुरका २ वटा,अभद्र व्यवहारका ३ वटा,ज्यान मार्ने उद्योगका ४ वटा,जबरजस्ती करणका ३ वटा र भबितव्य ज्यानका ६ वटा मुद्दा रहेका छन् । यस्तै कर्तव्य ज्यानको १ वटा,झुण्डी मृत्यु भएको ज्यान सम्वन्धीका ६ वटा,बिषादी सेवन गरी ज्यान सम्वन्धीको १ वटा,बैंकिङ कसुरका १ वटा,हात हतियार तथा खरखजाना सम्वन्धी १ वटा र गौवध सम्वन्धीको १ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts