जुट विकास फुटबल एकेडेमी सुनसरी ताप्लेजुङ गोल्डकपको फाईनलमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । ट्राईबेक्ररमा पथरी–११ स्पोटिङ क्लव मोरङलाई पराजित गर्दै जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरी ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको फाईनलमा पुगेको छ ।

ट्राईबेक्ररमा जुट विकास फुटबल एकेडेमीले पथरी–११ स्पोटिङ क्लवलाई ५–४ गोल अन्तरले पराजित ग¥यो । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राईबेकरबाट लिईएको थियो । दुबै टिम आक्रामक देखिएको सोमवारको खेलमा रेफ्री दिपेश लिम्बूले ६ वटा पहेंलो कार्ड प्रयोग गर्नु भएको थियो । पहिलो हाफमै ५ वटा पहेंलो कार्ड प्रयोग भएको थियो । फाईनल यात्राका लागि दोस्रो सेमीफाईनल खेलमा मंगलवार रेडस्टार फुटबल क्लव बिर्तामोड झापा र रेडहर्ष फुटबल क्लव इलाम आमने–सामने हुँदैछन् । यि दुई टीमबीचको बिजेतासँग जुट विकास फुटबल एकेडेमीको उपाधि भिडन्त हुने छ ।

प्रतियोगिताका बिजताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । क्वाटर फाईनलका ४ खेलमा जनही १ सय रुपैयाँ प्रवेश शुल्क तोकेको लाखेजात्रा सञ्चालन समितिले सेमीफाईनलका दुईखेलका लागि भने जनही २ सय रुपैयाँ निर्धारण गरेको छ । फाईनल दिनका लागि भने दर्शकका लागि जनही २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनु भएको छ । क्वाटर फाईनलका ४ दिनको खेलबाट आयोजकले करिव साढे ६ लाख रुपैयाँ संकलन गरेको समेत आयोजकले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts