| |

अर्ग्यानिक महको अभाव

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १८ । ताप्लेजुङमा मौरीको अर्ग्यानिक महको अभाव रहेको छ । प्राय, वर्षमा दुई सिजन (मौसम) मात्र उत्पादन हुने घर मौरीको महको मागअनुसार अभाव रहेको हो ।
स्थानीय व्यवसायीले उपभोक्ताको मागअनुसार अर्ग्यानिक मह उपलब्ध गराउन नसकिएको बताउँछन् । अर्ग्यानिक महको खोजी अर्थात माग अत्यधिक हुने गरेको ताप्लेजुङ कोसेली घरका सञ्चालक ललित गुरुङले बताउनुभयो । उपभोक्ताको मागअनुसार जिल्लामा अर्ग्यानिक मह नपाइने गुरुङले बताउनुभयो ।
जिल्लाका सीमित ठाउँमा मात्र मौरीको मह उत्पादन हुने भएकाले माग धान्ने अवस्था नरहेको गुरुङको भनाइ छ । उहाँले कोसेली घरबाट एक मौसममा एकसय बोतल जति अर्ग्यानिक मह बिक्री गर्ने गरेको बताउनुभयो ।
स्थानीय उत्पादनका अग्र्यानिक वस्तुहरु मात्र उपलब्ध हुने कोसेली घरबाट सेवाग्राहीको मागअनुसार मह उपलब्ध गराउन नसकिरहेको उहाँले बताउनुभयो । कोसेली घरमा एक मौसममा एकसय बोतलको हाराहारीमा गाउँबाट मह आउने र उक्त परिमाण थोरै समयभित्रै बिक्री भइसक्ने सञ्चालक गुरुङले बताउनुभयो । गाउँबाट आउने मह प्रतिबोतल एकहजार ६०० रुपियाँले लिएर दुई हजार रुपियाँले बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अर्ग्यानिक मह कोसेली र औषधिको रुपमा उपभोक्ताले खोजी तथा खरिद गर्ने गरेका छन् । काठमाडौं, धरान लगायतका व्यापारीले व्यापारका लागिसमेत मह खोज्ने गर्दछन् । व्यापारीले खोजी गरे पनि कोसेली र औषधिका लागि मह खोज्ने उपभोक्तालाई नै मागअनुसार दिन नसकिएको उहाँ बताउनुहुन्छ । अर्ग्यानिक अर्थात घरमौरीको मह जिल्लाको थिङ्लाबु, फुरुम्बु, लिबाङ लगायतका गाउँमा उत्पादन हुने गरेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts