ताप्लेजुङबाट आव २०७९।८० मा फ्रिज भएको रकम ६५ करोड नाघ्यो,संघीय अन्र्तगतको बजेट बढी फ्रिज

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङमा आर्थिक बर्ष २०७९।८० मा फ्रिज भएको कूल रकम ६५ करोड रुपैयाँ नाघेको छ । गत असार अन्तिम साता कोष तथा लेखा नियन्त्रक कार्यालयले ५५ करोड रुपैयाँ हाराहारी फ्रिज हुन सक्ने अनुमान गरेको थियो ।

कोलेनिकाका निमित्त कार्यालय प्रमुख दुर्गाप्रसाद थापाका अनुसार आव २०७९।८० मा यहाँबाट ६५ करोड ८ लाख ७ हजार ६ सय ३५ रुपैयाँ फ्रिज भएको छ । सरकारी निकायले खर्च हुन नसकेको त्यस्तो रकमलाई सिधै फ्रिज नभनी ‘खर्च हुन बाँकी’भनेर आर्थिक श्रेष्ता प्रणालीको महलमा लेख्ने गरेका छन् । कोलेनिकाका लेखापाल शंकर राउतका अनुसार संघीय अन्र्तगतको बजेटतर्फ ५६ करोड ८१ लाख ६९ हजार ३ सय ८४ रुपैयाँ तथा प्रदेश अन्र्तगतको बजेटतर्फ ८ करोड ९१ लाख १८ हजार २ सय ५१ रुपैयाँ खर्च हुन सकेन । संघीय अन्र्तगतको बजेटतर्फ चालूमा ९३ प्रतिशत र पुँजीगतमा ७३ प्रतिशत हाराहारी खर्च भएको पाइएको छ ।

प्रदेश अन्र्तगतको बजेट भने चालू र पुँजीगतमा हाराहारी रुपमै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त प्रमुख थापाका अनुसार चालू र पुँजीगत गरी संघीय अन्र्तगतको बजेटमा ८९.८३ प्रतिशत र प्रदेश अन्र्तगतको बजेटमा ८४.२२ प्रतिशत खर्च भएको छ । संघीय अन्र्तगतको चालू शीर्षकको बजेटतर्फ ९३.०७ प्रतिशत र पुँजीगत शीर्षकको बजेटमा ७२.८२ प्रतिशत खर्च भएको छ । प्रदेश अन्र्तगतको बजेटमा चालू शीर्षकको बजेटतर्फ ८५.१७ प्रतिशत र पुँजीगततर्फ ८२.०२ प्रतिशत खर्च भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts